भिडियो सहितहेर्नुहोस !
Advertisement
Omg ! तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म कैदी नम्बर १५०' लाग्दा पाँच देशमा एकसाथ छुट्टी
Omg ! तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म कैदी नम्बर १५०' लाग्दा पाँच देशमा एकसाथ छुट्टी
तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म रिलिजको दिन तेश्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरुमा कम्पनिहरुले कर्मचारीलाई छुट्टी दिएका छन् । यसअघि भारतमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म 'काबली'रिलिजमा केहि प्रान्तका कम्पनिहरुले छुट्टि दिएको समाचारले ठुलो चर्चा पाएको थियो ।
बिबिसी हिन्दीले लेखे अनुसार तेलगु फिल्मका बादशाह मानिने चिरु उर्फ चिरञ्जिवीको नयाँ फिल्म 'कैदी नम्बर १५०' रिलिजको दिन बुधबार ओमानको राजधानी मस्कटमा रहेको ठूलो कम्पनि 'अल रियाद कंस्ट्रक्शन एंड ट्रेडिंग एलएलसी' ले कर्मचारीलाई छुट्टी दिँदै यो अबसर पाउनुलाई उत्सवको रुपमा मनाएको छ
१० बर्षपछि पर्दामा पुनरागमन गरेको अबसरमा समेत उक्त छुट्टी दिईएको बिबिसी हिन्दीले लेखेको छ । सरकारले दिएको विदा नभइ केहि कम्पनिहरुले एकसाथ कर्मचारीहरुलाई छुट्टी दिएको बताईन्छ । भारतसँगै अन्य खाडी मुलुकहरुमा समेत उक्त फिल्म एकसाथ रिलिज भएको छ । ओमनका १५ सिनेमा घरमा उक्त फिल्म एकसाथ रिलिज भएको छ
भारतको तेलंगानामा चिरञ्जिवी सुपरस्टार मानिन्छन् । साउदी अरबका केहि कम्पनिहरुले समेत यो अबसरमा कर्मचारीलाई छुट्टी दिएका छन् । केहि दिन पहिले सम्म कुनै फिल्म हल नभएको साउदी अरबमा अहिले आईमेक्सका हल सञ्चालनमा आएका छन् जहाँ सुरुमै चिरुको फिल्म लागेको छ
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment