एसएसपी राजेन्द्रमान श्रेष्ठ ‘लक्ड इन सिन्ड्रोम’ को सिकार, आईजीपीका हुन् दाबेदार

भिडियो सहितहेर्नुहोस !
Advertisement


दिप बिमली , काठमाडौं, ११ असोज । झन्डै दुई महिनादेखि जीवनमरणको दोसाधमा बाँचिरहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठको स्वास्थ्यमा कुनै प्रकारको सुधार आएको छैन । मुटुको धड्कन अचानक रोकिँदा त्यसले मस्तिष्कमा गम्भीर आघात पारिदिएपछि उनी यतिबेला ग्रान्डी अस्पतालको शैयामा उपचारमा छन् ।

नेपाल प्रहरीमा उच्च व्यावसायिक मर्यादाको चर्चा बटुलेका श्रेष्ठ ०४६ सालको इन्स्पेक्टर ब्याचकै प्रखर नेतृत्वकर्तामध्ये एक हुन् । चिकित्सकहरूका अनुसार, एसएसपी श्रेष्ठ अहिले ‘लक्ड इन सिन्ड्रोम’ बाँचिरहेका छन् । वरपर के भइरहेको छ भन्ने जानकारी त लिन सक्छन् । तर आफू कुनै कुरा कसैगरी पनि व्यक्त गर्न सक्दैनन् । उनको शरीरलाई चलायमान बनाउने मस्तिष्कको तन्तु (ब्रेन स्टेम) ले काम नगर्दा सम्पूर्ण शरीर र दिमागबीचको सम्बन्ध विच्छेद भएको छ ।

मानव स्वास्थ्यका लागि खतरानाक यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । आफै ठिक हुँदै जानुपर्ने हुन्छ । स्वासप्रश्वास र मलमूत्रजस्ता स्वचालित प्रक्रियाबाहेक उनको शरीरका सम्पूर्ण ‘भोलन्टरली मसल्स’ हरू ‘प्यारालाइसिस’ को अवस्थामा पुगेका छन् ।

ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडे
गत साउन १५ गते उनी धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडेका थिए । उहाँलाई तत्काल प्रतिष्ठान लगिए पनि अस्पताल पुग्दा मुटुमा कुनै चाल थिएन । ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी बेहोस भएका क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारमा समेत चिन्ता छाएको छ । धरानस्थित बीपी मेमोरियल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएपछि तत्कालीन समयमा एसएसपी श्रेष्ठलाई त्यहीँ पुगी वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले स्वास्थ्य जाच गरेका थिए ।

श्रेष्ठको अवस्था देखेर निराश भए आईजीपी
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल डा. देवकोटालाई लिएर धरानस्थित बीपी मेमोरियल पुगेका थिए । त्यतिबेला अर्याल आफैं निराश भएर फर्केका थिए । प्रहरी महानिरीक्षक अर्यालसमेत देवकोटाको सो भनाइबाट निरास भएर फर्केका थिए । २०७४ सालपछि नयाँ आईजीपीको दावेदारसमेत रहेका एसएसपी श्रेष्ठ अचानक बेहास हँुदा अस्पताल भर्ना गर्नुपरेको थियो । अस्पताल पु¥याएपछि चिकित्सकहरूले मुटुको चाल बिग्रिएकाले बेहोस भएको बताएका थिए ।

‘सुरुको भन्दा केही सुधार भएको अवस्था हो, तर जुन रूपमा सुधार नभएपछि सबैजनामा चिन्ता बढेको अवस्था छ,’ स्रोतले भन्यो । कोसी अञ्चल प्रहरी कार्यालय धरानको कबर्ड हलमा ब्याडमिन्टन खेलिरहेका श्रेष्ठ एक्कासि बेहोस भएका थिए । बेहोस भएपछि उनलाई अस्पताल पु¥याउँदा ब्रेनमा ‘अक्सिजनेट ब्लड’ प्रवाह नभएको एसएसपी श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए ।

५ मिनेटभन्दा बढी समय ब्रेनमा अक्सिजनेट ब्लड पुगेन भने पुरानो अवस्थामा फर्किन कठिन हुने उपचारमा संलग्न चिकित्सकहरूको दावी छ । ललितपुर, पर्सा प्रहरी प्रमुख हुँदै नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सुरक्षा सहचारीको समेत जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले पछिल्लो पटक पूर्वक्षेत्रीय तालिमकेन्द्रको प्रमुख बनाएर पठाएको थियो । २०७३ सालको अन्तिममा डिआईजीमा बढुवा हुने चरणमा रहेका श्रेष्ठ २०७४ पछिको प्रहरी प्रमुखमा दाबी गर्नेमध्येका एक अधिकृत हुन । उनी दैनिक सात किलोमिटर दौडने र नियमित ब्याडमिल्टन खेल्ने गर्दथे ।14483373_10209010921022967_944570342_n
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment