मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै

भिडियो सहितहेर्नुहोस !
Advertisement
bheda

फलेवास (पर्वत), ११ असोज। नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन्।

जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । प्रत्येक वर्ष दसैं तिहारको अघि जस्तै यस वर्ष पनि दसै,’तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङ्ग्रा बहिरिएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन्।

हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम रु १५ हजारदेखि ३० हजारसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए।

विगतका वर्षमा तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए। गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ। गत वर्ष रु १५ हजारमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै रु २० हजारमा बिक्री गर्दै आएका छन्।

बर्सेनि बडादसैंका लागि चीनबाट समेत आउने भेडा च्याङ्ग्रा यसपटक आउन नसकेपछि अभाव हुने देखिएको छ। रासस
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment