आइएस आतंककारीसँग मिलेको अभियोग लगाएर मलेसियाबाट

भिडियो सहितहेर्नुहोस !
Advertisement


काठमाडौ, ११ असोज – आइएस आतंककारीसँग मिलेको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका एनआरएन मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहीले त्यहाँस्थित राजदूत निरञ्जनमानसिंह बस्नेतको भ्रष्टाचारको विरोध गर्दा आफूलाई आइएस आतंककारीको आरोप लगाइएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले मलेसियामा बस्ने नेपालीहरुलाई नेपाल फर्काउन मलेसियाका लागि नेपाली राजदूत बस्नेतले गैरकानुनीरुपमा कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई चर्को रकम असुलेको आरोप शाहीले लगाएका छन् ।

शाहीले दूतावास परिसरमा कोप्रासीको कार्यालय खोल्ने ठाउँ उपलब्ध गराई बस्नेतले गरेको अनियमितताको विरोध गर्दा आफूलाई नेपाल फर्काइएको बताए । नेपालीहरुले घर फर्किनका लागि बुझाउने आरएम १२५० को रसिद दिएर आरएम २१०० सम्म असुल्ने गरेको पाइएपछि त्यसैको विरोध गर्दा कारणले रिसइवी साँध्न आफूमाथि गम्भीर आरोप लगाएर फसाउन खोजेको शाहीले बताए ।

राजदूतले कोप्रासी संस्थासँग मिलेर ३६ करोड भ्रष्टाचार गरेको आरोपमा एनआरएनए मलेसियाका निवर्तमान महासचिव सुनिल चालिसेलेसर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गराउन दबाब दबाब दिइएको थियो।

उनले भने, – नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशकसहितको टोली मलेसिया आउँदा पनि राजदूतको उक्त कार्यको अनुसन्धानका लागि पहल गर्न हामीले आवाज उठाएका थियौँ । त्यही कारण मलाई फसाउन खोजिएको हो। कारोबार दैनिकबाट
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment