भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं, ९ असोज । नेपाली संगीत क्षेत्रमा गायक नवीन के भट्टराईलाई कम बोल्ने, लजालु र आफ्ना कुरा त्यति सार्वजनिक गर्न नरुचाउने भनेर चिन्ने गरिन्छ । नेपालमा पपगीतलाई लोकप्रिय र स्थापित बनाउन नवीनको ठूलो योगदान छ ।
नवीन हत्तपत्त आफ्नो फेसबुकमा कसैसँग बसेको फोटो राख्दैनन् । आफ्नो स्टेज प्रोग्रामका तस्बिरले मात्र उनको फेसबुकमा स्थान पाउँछन् । तर, आइतबार बिहान नवीन आफ्नो क्षेत्रका भन्दा फरक व्यक्तिको तस्बिर फेसबुकमा राखेका छन् । उनी हुन् पूर्वयुवराज पारस शाह ।
पूर्वयुवराज पारस र नवीन सँगै पढ्दाका साथी रहेछन् ।
नवीनले पारससँग बसेको खिचेको फोटो राखेर स्टाटस लेखेका छन्, ‘मेरो स्कुलको साथी, युवराज पारस शाह । यो वास्तवमै लामो समयपछिको ठूलो भेटघाट थियो…।’ नवीन एकल सांगीतिक कार्यक्रम त्रिसरा गर्दैछन् । सोही क्रममा पूर्वयुवराज पारससँग उनको भेट भएको रहेछ । तस्बिरमा नवीन र पारस दुवै हाँसेका छन् । दुवै खुसी देखिन्छन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment