टीकापुर हत्या प्रकरण : दंगा भड्काएर नरसंहार

भिडियो सहितहेर्नुहोस !
Advertisement


काठमाडौं, ११ असोज । गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ- ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेश गरेका छौ ।’

उपप्रधानमन्त्री विमलेन्द्र निधि भने यसरी दोषी किटान गरेका अभियुक्तहरूको मुद्दा फिर्ता लिने भन्दै हिँडिरहेका छन् । प्रतिवेदनमा रेशम चौधरीलगायतले साम्प्रदायिक दंगा भड्काउने खालको अभिव्यक्ति दिइ सर्वसाधारणलाई उक्साइ हिंसात्मक उत्तेजना फैलाउने काम गरेका कारण कैलालीको जनजीवन नाजुक बन्दै गइ थरूहट कार्यकर्ता हिंसात्मक बनेको निष्कर्ष निकालेको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment