किरणसँग पाँच मोडलको अभिनय, सुमनले ल्याए ‘धागो चर्खाको’ छोरा छोरि आफ्नो राम्रो स्वास्नी अर्काको (भिडियो) - See more at:

भिडियो सहितहेर्नुहोस !
Advertisement


काठमाडौं ११ असोज । गायक सुमन श्रेष्ठले आफ्नो ३१ औँ जन्मदिनको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नो चौथो म्यूजिक एल्बममा समावेश ‘धागो चर्खाको’ बोलको गीतको भिडियो आइतवार राजधानी काठमाण्डौमा प्रिमियर भएको हो ।

गीत सार्वजनिक संगीतकार तथा गीतकार दीपक जंगमले गरेका थिए । केदार धितालले निर्देशन गरेको गीतको भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृता शाही ठकुरी, नीशा बोहरा लगायतको अभिनय छ ।


सुमन श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाज रहेको यो गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीत छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुने भन्दै ठट्यौली शैलीमा गीत तयार पारिएको छ । कार्यक्रममा बोल्दै गायक सुमन श्रेष्ठले इन्जिनियरिङ पेशामा लागेपनि आफ्ना लागि गीतसंगीत प्यासन भएको बताए ।

भिडियो:


भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment