यी हुन् विश्वका १० डरलाग्दा राष्ट्र

भिडियो सहितहेर्नुहोस !
Advertisement
denger-605x330

न्युयोर्क, ११ असोज अमेरिकाको काउन्ट्री थ्रेट इन्डेक्स (सिटिआई)ले सोमबार विश्वका १० डरलाग्दा राष्ट्र सार्वजनिक गरेको छ । सिटिआईले १८ जुलाईदेखि १८ सेप्टेम्बरसम्मका घटनाअनुसार १० डरलाग्दा राष्ट्रको नाम सार्वजनिक गरेको हो । सिटिआईको प्रतिवेदनअनुसार सिरिया एक नम्बर डरलाग्दो राष्ट्र हो । अनुसन्धान यस्तो छ सिटिआईले एक महिनाभित्र सबै राष्ट्रहरूको अध्ययन गरेको थियो । सिटिआईले आफ्नो अनुसन्धानभित्र आतंककारी गतिविधि, हत्या–हिंसा, मृतक र घाइते संख्यालाई मुख्य आधार मानेको छ । सिटिआईले प्रहरी रिपोर्ट, भिडियो र घटनासँग सम्बन्धित व्यक्तिसँगको अन्तर्वार्तालाई प्रमाणका रूपमा राखेको छ । त्यही आधारमा सिटिआईले अंक दिंँदै राष्ट्रहरूको वरीयता निकालेको जनाएको छ ।



अफगानिस्तान र पाकिस्तानको अंक बढ्यो एसियन राष्ट्र अफगानिस्तान र पाकिस्तानको इन्डेक्स अंक बढेको छ । १५ नोभेम्बरमा जारी भएको १० डरलाग्दा राष्ट्रमा दुवै राष्ट्रको नाम थियो । अफगानिस्तान र पाकिस्तानको इन्डेक्स स्कोर प्रत्येक दिन १० प्रतिशतले बढेको सिटिआईको प्रतिवेदनमा उल्लेख छ । नयाँ सूचीमा अफगानिस्तान तेस्रो र पाकिस्तान पाँचौँ डरलाग्दा राष्ट्र हुन् ।

चीनको एक स्कोर संसारको सबैभन्दा सुरक्षित राष्ट्र चीन हो । सिटिआईले चीनलाई एक इन्डेक्स स्कोर प्रदान गरेको छ । यसैगरी, दक्षिण एसियाको बंगलादेशले सात इन्डेक्स स्कोर पाएको छ । एसियाकै जापान पनि सुरक्षित राष्ट्रमा पर्छ । जापानले ६ इन्डेक्स अंक प्राप्त गरेको छ । यसैगरी, भारतले १६ इन्डेक्स अंक पाएको छ ।

अमेरिका आठौँ स्थानमा संसारकै शक्तिशाली राष्ट्र अमेरिका पहिलोपटक आठौँ स्थानमा परेको छ । दैनिक हुने स–साना घटनाका कारण अमेरिका पनि डरलाग्दो राष्ट्रमै रहेको सिटिआईले जनाएको छ । अमेरिकाले ८५ इन्डेक्स अंक पाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment